CENTRAL FUND

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधान २०२३ (संसोधन सहित)को धारा ६ मा यस संस्थाले बिभिन्न धार्मिक तथा सामाजिक कार्य गर्ने उद्धेश्यहरु राखेको छ । त्यस्तै, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, नेपाल भरिका निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरुको छाता संगठन र यसको मातहतमा रहेको श्री नवतनधाम, केन्द्रीय धामको रुपमा स्थापित भएको अवस्थामा यस समितिको दायित्व अझ बढ्दै गएको बर्तमान परिप्रेच्छमा र भैपरिआउने तथा नियमितरुपमा आयोजना गरिने धार्मिक अनुष्ठान, सामाजिक सेवाका कार्यहरु र बिभिन्न खाले निर्माणकार्यमा सुन्दरसाथहरुको अधिकतम सहभागिता सुनिश्चित गर्न तथा एकैचोटि ठूलो धनराशीको भार कम गर्न सवल तथा समन्वयात्मक आर्थिक ब्यवस्थापन हुनु अपरिहार्य भएको छ । साथै, महामति श्री प्राणनाथजी महाराजको “तुम सेवासे पाओगे पार” भन्ने अमूल्य वाणिलाई आफ्नो क्रियाकलापमा समाहित गरी श्रीकृष्ण प्रणामी धर्मको सम्बर्धन, विस्तार तथा संस्थागत बिकास गरी समयानुकुल बनाउदै लानु जरुरी भएको छ ।

यसै परिप्रेच्छमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, यस अन्तर्गतका स्थानीय इकाई शाखा, भातृभगिनी संस्था तथा संस्थागत सदस्यहरुको बिच समन्वय तथा आर्थिक क्रियाकलापहरुमा सामञ्जस्यताल्याई माथि उल्लेखित उद्देश्यहरु हासिल गर्न श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधानको धारा ३२(२)मा उल्लेखित एक केन्द्रीय कोषको स्थापना र सञ्चालन गर्न अपरिहार्य भएकोले श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधानको धारा ४४ ले दिएको अधिकार प्रयोग गरी श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, केन्द्रीय कार्य समितिले यो “श्रीकृष्ण प्रणामी केन्द्रीय कोष सञ्चालन कार्यबिधि” तयार गरी लागू गरेको छ ।

परिच्छेद १ः
प्रारम्भिक

१. देशभरिका सम्पूर्ण सुन्दरसाथहरुको धार्मिक तथा सामाजिक सेवाका कार्यहरुमा प्रत्यक्ष सहभागिता तथा अपनत्व स्थापित गर्नु हामी सबैको साझा दायित्व हो । यसका साथै, असंगठित तथा कार्यक्रममुखी भई पटक पटक आर्थिक संकलन गर्ने कार्यले एकातिर सुन्दरसाथहरुमा एक किसिमको नैराश्यता बढेको छ भने अर्कोतिर एकैचोटि र पटक पटक गरी ठूलो धनराशीको सहयोग गर्न पनि कठिनाई पर्न गएको आवाज सुनिन थालिएको छ । तसथर्, देशभरिका मन्दिर तथा सत्संग भवन निर्माण, मर्मत, धार्मिक अनुष्ठान आयोजना र बिभिन्न आकस्मिक तथा नियमित सामाजिक सेवाका कार्यहरु गर्न आवश्यक रकमको जोहो गर्दा थोरै थोरै रकम लगानी गर्न र संकलित रकमको उच्चतम र प्रभावकारी उपयोग गर्नका लागि नियमित तथा नियन्त्रित केन्द्रीय कोषको ब्यवस्था सहयोगी हुने अवधारण बमोजिम श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्रीबिभूषित जगद्गुरु श्री कृष्णमणि महाराजश्रीको सदिच्छा तथा मार्गनिर्देशनमा “श्रीकष्ण प्रणामी केन्द्रीय कोषृ ” स्थापना गरिएको हो ।
२. “श्रीकृष्ण प्रणामी केन्द्रीय कोष” ब्यवस्थापनका लागि यो सञ्चालन कार्यविधि तयार गरिएको र श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, केन्द्रीय कार्य समितिले पारित गरेको दिनदेखि लागू हुनेछ । यस कार्यविधिमा प्रयोग भएका शव्दावलीको व्याख्या तथा परिभाषा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधान अनुरुप हुनेछ ।
३. मातहतका सम्पूर्ण जिल्ला तथा इकाई समिति, भातृभगिनी संस्था, संस्थागत सदस्य संस्था तथा स्थानीय प्रचारक, प्रशिक्षक तथा महन्तहरुको स्थापित “श्रीकृष्ण प्रणामी केन्द्रीय कोष” को अवधारणालाई जनजनमा पुर्याउन तथा यसको प्रभावकारी परिचालनमा बिशेष भूमिका रहने परिकल्पना गरिएको छ । यसका लागि केन्द्रीय कार्य समितिको समन्वयमा आवश्यक प्रशिक्षण दिई जिम्मेवारी तोक्ने व्यवस्था गरिने छ ।

परिच्छेद २ः
केन्द्रीय कोषको स्थापना र सञ्चालन स्वरुप

४. श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, केन्द्रीय कार्य समितिको मातहत र प्रतक्ष्य संलग्नतामा “श्रीकृष्ण प्रणामी केन्द्रीय कोष” को स्थापना गरिएको हो । यो कोष श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधानको धारा ३२(२) मा उल्लेखित कोष हो ।

५. यस कोषको सञ्चालन यसै कार्यबिधिमा उल्लेखित भए बमोजिम केन्द्रीयस्तरमा सवल बित्तीय संस्थामा खोलिएको छुट्टै खातामा रकम जम्मा गरी गरिने छ ।

६. दफा ५मा उल्लेखित खाताको सञ्चालन केन्द्रीय कार्य समितिका अध्यक्ष र कोषाध्यक्षको अनिवार्य संयूक्त दस्तखतबाट हुनेछ । स्थानीय स्तरमा संकलित रकम भने सम्बन्धित तहका पदाधिकारीले यस खातामा स्थानीय स्तरबाटै जम्मा गर्न सक्ने खालको हुनेछ ।

७. दफा ५मा उल्लेखित खाताबाट रकम झिक्दा दफा ६ मा उल्लेखित पदाधिकारीले परिच्छेद
४मा उल्लेखित प्रयोजनका लागि तोकिएको रकममात्र खर्च गर्न वा निकाशा दिन सक्नेछन

८. केन्द्रीय कोष संचालन कार्य सुरुमा काठमाण्डौ उपत्यका अन्तर्गतका जिल्लाहरुका अतिरिक्त काभ्रे, चितवन र मकवानपुर जिल्लाबाट गरिनेछ र आ.ब.२०७५।७६ भित्र क्रमशः देशैभर बिस्तार गरिनेछ ।

परिच्छेद ३ः
केन्द्रीय कोषको रकम संकलन प्रकृया
९. प्रत्येक मन्दिर तथा सत्संग इकाइले आफू मातहतका सुन्दरसाथहरुको लगत संकलन गर्नेछन र सोको विवरण जिल्ला कार्य समिति मार्फत केन्द्रीय कार्य समितिमा पठाउने छन ।

१०. दफा ९ अनुसार संकलित सुन्दरसाथहरुको लगतलाई बर्गिकरण गरी सो वर्गिकरणको आधारमा यस कोषमा जम्मा हुने रकमको सीमा न्यूनतम मासिक रु.१०० देखि माथि गक्ष (क्षमता) र इच्छा अनुसार सम्बन्धित इकाईले एकिन गर्नुपर्नेछ ।

११. यसकोषमा जम्मा हुने रकम संकलन गर्नका लागि उपयूक्त समय र मानवीय श्रोतको ब्यवस्था गरी सम्बन्धित इकाईले जिम्मेवारी तोकेको हुनु पर्नेछ । यसको जानकारी सुन्दरसाथहरुको जमघट धेरै हुने समयमा दिई सबैको सहभागिताको लागि अनुरोध गर्नुपर्दछ र सोको जानकारी जिल्ला शाखा र केन्द्रीय कार्य समितिलाई गराउने दायित्व सम्बन्धित इकाईको हुनेछ ।

१२. यसकोषमा जम्मा हुने गरी रकम संकलन गर्दा केन्द्रीय कार्य समितिले प्रमाणित गरी पठाएको फाराम नं.१ मा तोकिएको ढाँचाको संकलन रसिद जारी गर्नु पर्नेछ । तोकिएको रकम प्रत्येक सुन्दरसाथहरुको घरधुरीबाट अर्को महिनाको ५ गते भित्र सम्बन्धित इकाइले संकलन गर्नु पर्नेछ । तर दफा १० अनुसार दिन कबुल गरेको रकम मासिक वा बार्षिक एकमूष्ट दिने र संकलन गर्न सकिने छ ।

१३. केन्द्रीय समितिले सञ्चालन गरेको “श्रीकृष्ण प्रणामी केन्द्रीय कोष” को नाममा खोलिएको बैंक खातामा प्रत्येक महिनाको १० गतेभित्र संकलित रकम जम्मा गर्नु पर्नेछ ।

१४. दफा १२ अनुसार रसिदहरुबाट संकलित रकम फाराम नं.२मा तोकिएको विवरण भरी मासिक रुपमा आउँदो महिनाको १५ गतेभित्र जिल्ला कार्य समिति मार्फत केन्द्रीय कार्य समितिमा पठाउनु पर्दछ । संकलित रकम केन्द्रीय कार्य समितिले तोकेको बैंक खातामा दफा १३ अनुसार जम्मा गरेको भौचर समेत संलग्न गर्नु पर्नेछ ।
१५. यस कोषको रकम संकलनको समग्र व्यवस्थापन जिल्ला तथा इकाई समितिहरुको सक्रिय सहभागितामा गरिने भएकोले आफू अन्तर्गतका इकाईहरुले संकलन गरेको रकम, बैंक जम्मा गरेको रकम र केन्द्रमा विवरण पठाएको अनुगमन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछ ।

१६. श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल अन्तर्गतका सदस्यहरु तथा सुन्दरसाथ बाहेकका धर्मप्रेमी महानुभावहरु तथा संस्थाले समेत यसकोषमा रकम जम्मा गर्न सक्नेछन । यस्तो रकम प्राप्त गर्दा कुनै विशेष शर्त तोकि रकम प्राप्त भएको भए सोहि अनुरुप जनाउ र लेखांकन तथा प्रयोग गरिने छ ।
परिच्छेद ४ः
केन्द्रीय कोषमा सञ्चित रकमको लगानी, उपयोग र बाडफाँड
१७. केन्द्रीय कोषमा संकलित रकम केन्द्रीय कार्य समितिले तोके बमोजिमको शीर्षक र प्राथमिकताका आधारमा खर्च गरिने छ ।

१८. दाताबाट बिशेष प्रयोजनका लागि रकम जम्मा भएको अवस्थामा सोहि प्रयोजनमा मात्र खर्च गरिने छ । सो बाहेकको खर्चका लागि खर्चको प्राथमिकता केन्द्रीय कार्य समितिले तोक्नेछ र सोको जानकारी प्रत्येक जिल्ला कार्य समितिहरुमा पठाइनेछ ।
१९. बार्षिक रुपमा कुल संकलित रकममध्ये १० प्रतिशत रकम संकलन गर्ने इकाईलाई केन्द्रबाट लेखापरीक्षण समाप्त भएपश्चात अनुदानको रुपमा अर्को बर्ष प्रदान गरिनेछ ।

२०. बिशेष निर्माण, खरीद तथा मर्मतकालागि आवश्यक रकम माँग गर्नका लागि सम्बन्धित इकाईले तोकिएको विवरण सहित स्थानीय संचालक समितिको निर्णय सहित केन्द्रीय कार्य समितिमा पेश गर्नु पर्नेछ । तर, यसकोषबाट रकम माँग गर्दा निर्माण तथा खरीदका लागि पूर्व जानकारी गराई केन्द्रीय कार्य समितिको समर्थन प्राप्त गरेको हुनु पर्नेछ र अनुदान रकम स्वीकृति प्रदान गर्दा तोकिएको नर्मस (डिजाइन, उद्धेश्य, आदि) लाई आधार मानिने छ ।

२१. आवश्यकता तथा रकमको उपलब्धता र प्राथमिकिकरणका आधारमा केन्द्रीय कार्य समितिको स्वीकृति पश्चात सम्बन्धित इकाईको बैंक खातामा स्वीकृत रकम एकमूष्ट वा आवश्यकता अनुसार केन्द्रीय कार्य समितिले तोकिए बमोजिम जम्मा गरिने छ ।

२२. आकस्मिक, भैपरि आउने, अत्यावश्यक वा नियमित सामाजिक सेवाका लागि आवश्यक रकमको सन्दर्भमा केन्द्रीय कार्य समितिले त्यस्तो रकमको निर्धारण र निर्णय गरी मात्र खर्च गरिनेछ ।

२३. यस कोषमा रहेको बाँकि मौज्दात रकमको मुद्दती खातामा लगानी गर्ने निर्णय केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार गर्नेछ ।

परिच्छेद ५ः
केन्द्रीय कोषमा सञ्चित रकमको हिसाव किताव तथा लेखापरीक्षण
२४. यस कोषमा जम्मा भएको रकम र खर्चको हिसाव किताव श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, केन्द्रीय कार्य समितिको सचिवालयले छुट्टै शीर्षकमा राख्ने ब्यवस्था गरिने छ ।

श्री कृष्णायनमः श्री मन्निजानन्दो विजयतेः

“श्रीकृष्ण प्रणामी केन्द्रीय कोष” सञ्चालन कार्यबिधि – २०७५

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल केन्द्रीय कार्य समिति
श्रीकृष्ण प्रणामी मन्दिर, श्री नवतनधाम

कागेश्वरी मनोहरा नगरपालिका ( ८, काठमाण्डौ पो.व.नं.२२९, फोन नं.०१–४९९१८५०, ०१–६२२१८९३

२०७५ माघ

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, केन्द्रीय कार्य समितिको मिति २०७५ माघ १२ गते बसेको चौथो पूर्ण बैठकबाट पारित भई सोही मितिदेखि लागू भएको  
बिषयसूची

१. प्रस्तावना ३

२. परिच्छेद १ः प्रारम्भिक ४

३. परिच्छेद २ः केन्द्रीय कोषको स्थापना र सञ्चालन स्वरुप ५

४. परिच्छेद ३ः केन्द्रीय कोषको रकम संकलन प्रकृया ६

५. परिच्छेद ४ः केन्द्रीय कोषमा सञ्चित रकमको लगानी, उपयोग र बाडफाँड ७

६. परिच्छेद ५ः केन्द्रीय कोषमा सञ्चित रकमको हिसाव किताव तथा लेखापरीक्षण ८

७. परिच्छेद ६ः अन्य ब्यवस्था ९

फारामहरुः
१. केन्द्रीय कोषको रकम संकलन गर्ने रसिदको ढाँचा
२. केन्द्रीय कोषमा संकलित रकमको विवरण केन्द्रीय कार्यालयमा पेश गर्ने फाराम
३. केन्द्रीय कोषमा संकलित रकमको बार्षिक आयब्यय विवरण फाराम  
प्रस्तावना

२५. इकाईहरुबाट दफा १४ अनुसार संकलित मासिक विवरणहरु एकिकृत गर्ने र बैंक हिसाव मिलान गर्ने काम केन्द्रीय कार्य समितिको सचिवालयले मासिक रुपमा अर्को महिनाको २५ गतेभित्र गरी केन्द्रीय कोषमा जम्मा रकम, खर्च र मौज्दातको अवस्था कार्य सम्पादन समितिको आगामी बैठकमा पेश गर्नेछ र सो बैठकले आवश्यकता अनुसार हिसाब मिलानका लागि वा अद्यावधिक गर्न निर्देशन दिन सक्नेछ ।

२६. बार्षिकरुपमा केन्द्रीय कोषको आय ब्ययको विवरण फाराम नं. ३मा तोकिएको ढाँचामा सचिवालयले तयार गरी केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गर्नेछ । यस कोषको लेखापरीक्षण समेत श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको एकिकृत हिसावको लेखापरीक्षण अन्तर्गतनै हुनेछ ।

२७. यसकोषबाट प्रदान गरिएको अनुदानका रकमहरु सम्बन्धित इकाईको हिसाबमा संलग्न गरी त्यसबाट भएको खर्च तथा मौज्दातको लेखापरीक्षण गराई नियमित गराउने जिम्मेवारी सम्बन्धित इकाईको हुनेछ ।

परिच्छेद ६ः अन्य ब्यवस्था

२८. यस कोषमा बढि भन्दा बढि रकम जम्मा गर्न प्रोत्साहन गर्ने हेतुले श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल केन्द्रीय कार्य समितिले बढि रकम जम्मा गर्ने इकाई, ब्यक्ति वा संस्थालाई पुरस्कार वा अन्य कुनै किसिमले सम्मानको ब्यवस्था गर्न सक्नेछ ।
२९. यस कार्यबिधिमा उल्लेखित ब्यवस्थाको ब्याख्या तथा संसोधन श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल केन्द्रीय कार्य समितिले गर्न सक्नेछ ।

३०. यस कार्यबिधिमा उल्लेखित ब्यवस्था श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधान २०२३ संग बाझिएमा बाझिएको हदसम्म खारेज हुनेछ ।

।।। प्रणाम ।।।

Download
1. Central Fund Pamphlet
2. Central Fund Regulations