Home

  • श्री नवतनधाम
परिचय

वि.स. २०२३ साल पौष ५ गते संस्था रजिष्ट्रेसन ऐन–२०१६ अन्तर्गत बागमती अञ्चलाधिशको कार्यालयमा ९÷०२३ दर्ता कायम रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल विभिन्न कालखण्ड व्यतित गर्दै संस्था दर्ता ऐन–२०३४ तथा संस्था दर्ता नियमावली–२०३४ वमोजिम आफ्नै श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको विधान–२०२३ अन्तर्गत संचालित धार्मिक तथा सामाजिक–गैरसरकारी संस्था हो । यस संस्थाले वि.सं २०२९ देखि नेपाल भर आफ्ना इकाई समितिहरु विस्तार गर्दै आएकोमा यो संस्था नेपालमा प्रणामी समाजको केन्द्रीय संस्था तथा प्रणामी समाजद्वारा संचालित संघ संस्थाको छाता संगठनको रुपमा पनि कार्यरत रहेको छ । हाल यस्को ४४ जिल्लामा सम्पर्क सुत्र विस्तार भैसकेको छ भने २४ वटा जिल्लामा जिल्ला समितिहरु कार्यरत छन्भनेसेवा समिति अन्तर्गत १७३ मन्दिर÷सत्संग इकाई समिति रहेका छन् त्यस्तै १९ वटा मूल संस्था संस्थागत सदस्य संस्था रहेका छन् । श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका २९ वटा र श्रीकृष्ण प्रणामी प्रतिष्ठानका १३ इकाई समेत ६१ वटा समितिहरु आवद्ध छन् । २ वटा भातृ–भगिनी संस्था संस्थागत सदस्यको रुपमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति नेपाल देश भरि नैकार्यरत रहेका छन्। कुल सदस्य संख्या केन्द्रीय समिति समेत २६१ वटा समिति कार्यरत रहेका छन् ।