श्रीकृष्ण प्रणामी धर्म परिचय

श्री कृष्णायनमः
श्री मन्निजानन्दो विजयते :

श्रीकृष्ण प्रणामी धर्म परिचय
“पूर्णमदः पूर्णमिदं पूर्णत्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादय पूर्णमेवावशिष्यते ।।”, तथा
“एकोकिप कृष्णस्य कृतः प्रणामो दशाश्वमेधावभृथेन तुल्यः ।
दशाश्वमेधी पुनरेति जन्मः कृष्ण प्रणामी न पुनर्भवाय”
जस्ता शास्त्रोक्त सूक्तिहरुबाट परिपुष्टित तथा करिव चार शताब्दीपूर्व सद्गुरु धनी श्री देवचन्द्रजी महाराज एवं महामति श्री प्राणनाथजी महाराजको साधनात्मक अनुभूतिबाट अलंकृत अध्यात्मको विज्ञाननै श्रीकृष्ण प्रणामी धर्म हो ।
अन्य संप्रदायहरुबाट माथि उठेर अध्यात्मको प्रेमिल आकाशमा विचरण गराउने सच्चिदानन्दमय पथ, श्रीकृष्ण प्रणामी धर्मको उद्गम विन्दु अनादि अक्षरातीत श्री राजश्यामा श्रीकृष्ण तत्व हुनुहुन्छ । यस धर्मले पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णलाई आराध्य मानी, सेवापूजा एवं अनन्य प्रेम(लक्षणा भक्तिको अनुशरणबाट समाजमा अहिंसा, प्रेम, समता एवं सेवाभाव अभिवृद्घि गरी प्रत्येक व्यक्तिको जीवनलाई अध्यात्म उन्मुख बनाउदै क्षर, अक्षरदेखि पर अक्षरातीत तत्वमा विलिन बनाउनमा मार्ग दर्शन गर्दै आएको छ ।

श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका संस्थापक सद्गुरु धनी श्री देवचन्द्रजी महाराजले अल्पायुदेखिनै उठेको मुमुक्षा(भाव मेट्न तत्कालिन संपूर्ण संप्रदायहरु चाहार्नु भयो । अन्ततोगत्वा ३५ वर्ष लामो महासंकल्पको स(निष्ठापूर्ण साधनाबाट ४० बर्षको अवस्थामा पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णको दर्शनाभूति सहित तारतम बीज महामन्त्र प्राप्त गर्नुभयो र जागनीको कार्य सुभारम्भ गर्नु भयो । सो तारतम महामन्त्र धनीजीले आफ्ना प्रमुख शिष्य महामति श्री प्राणनाथजीलाई हस्तान्तरण गर्नुभयो । महामति श्री प्राणनाथजी अवतरित श्री तारतमवाणी, संपूर्ण धर्म ग्रन्थहरुको निचोड हो । जसमा श्रीकृष्ण तत्वका रहस्योद्घाटन सहित परमात्मा अनुभूतिको सहज मार्ग प्रसस्त गरिएको छ । श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरुले श्री कुलजम स्वरुप तारतम सागरलाई पूर्णब्रह्म परमात्माको वाङग्मय स्वरुप मानेर मन्दिर एवं घरको सिंहासनमा पधराई श्रृंगार सहित अष्टप्रहर सेवापूजा गर्ने गर्दछन् ।

युगल स्वरुप श्री राजश्यामाजीलाई सर्वाेपरी आराध्य मानेर, परमात्मा मीलनको प्यासमा छटपटिदै, यम नियमको स्वभाविक रुपमा पालन गर्र्दै सुन्दरवाई (सद्गुरु) सखीलाई पछ्याउदै सत्पथको यात्री श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरुलाई सुन्दरसाथ संज्ञाले विभूषित गरिन्छ ।

“कृष्णं प्रणामितुं शीलमस्येति कृष्ण प्रणामी”

श्रीकृष्ण प्रणामी धर्मका प्रमुख सैद्घान्तिक एवं व्यवहारिक पक्षहरु निम्नानुसार रहेका छन्ः

  • श्रीकृष्ण प्रणामी धर्मका प्रमुख सैद्घान्तिक एवं व्यवहारिक पक्षहरु निम्नानुसार रहेका छन्ः
  • “सवका मालिक एक”को उद्घोष अनुसार पूर्णब्रह्म परमात्मा सवैका एउटै हुन्, सवका मालिक हुन् शास्त्रानूसार उनै अनादि अक्षरातीत तत्व पनि हुन् ।
  • आत्मा, परमात्माको अंश हो र त्यो सच्चिदानन्दमय अविनाशी हुन्छ । एक अर्कालाई अभिवादन गर्दा परमात्माको अंशस्वरुप ठानेर प्रणाम गर्ने गरिन्छ ।
  • अहिंसा, प्रेम, दया, करुणादि यस धर्मका आभूषण हुन् ।
  • सबै धर्म, संप्रदाय प्रति तटस्थ एवं सद्भाव राखिन्छ ।
  • संपूर्ण धर्मशास्त्रहरुलाई साक्षी स्वरुप र तारतम सागरलाई सुक्ष्मवेद स्वरुप मानेर उपासना गरिन्छ ।
  • संपूर्ण प्राणी९पदार्थमा जाति, वर्ण र वर्गको आधारमा भेद गरिदैन बरु समतामूलक व्यवहार गरिन्छ ।
  • शुद्घ शाकाहारी भोजन गर्ने, धुम्रपान, मदिरादि जस्ता दुव्यर्सनबाट आफू मुक्तरहि अरुलाई पनि मुक्त गराउने ।
  • यम, नियमको पूर्णरुपले पालना गर्ने, यस अन्तर्गत अहिंसा, अस्तेय, अपरिग्रह, सत्य र ब्रह्मचर्य । नियम अन्र्तगत शौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणी धानको अनिवार्य पालना गर्ने ।
  • “सुख शीतल करुं संसार” भन्ने महामतिको सपनालाई साकार पार्न आफूपनि शीतल हुने र अरुलाई पनि शीतल गराउने ।
  • “तुम सेवासे पाओगे पार” भन्ने महानवाणीलाई हृदयगंम गर्दै निर्लोभ भावले सेवा गर्ने र अरुलाई पनि सेवाको लागि उत्प्रेरित गर्ने ।