संरक्षक तथा मार्गदर्शक
संरक्षक तथा मार्गदर्शक
प्रमुख संरक्षक
श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराज सेवा समितिका प्रमुख संरक्षक हुनुहुन्छ। उहाँको आशीर्वाद, मार्गदर्शन तथा संस्थागत निर्देशनको पालना गर्नु संस्थाको वैधानिक प्रमुख कर्तव्य मानिएको छ। उहाँको जन्मस्थान इलाम जिल्लाको जितपुर हो।
- २०८२ मंसिर २–६ गते पाँच दिवसीय नेपाल भ्रमण: श्यामनगर बुढौली (चितवन) मन्दिर समुद्घाटन, धर्मधाम जिरौना, टिकौली र पोखरा मन्दिरको कलश अनावरण।
- निजगढ (बारा), ढुंखर्क (काभ्रे) र सलकपुर (मोरङ) का पाठपारायणमा उपस्थिति; सलकपुरमा निजानन्द गुरुकुलम् र धर्मस्तम्भ समुद्घाटन।
- सिक्किमको नाम्फिङस्थित श्रीमंगलधाममा नवनिर्मित भवन समुद्घाटनमा आशीर्वचन।
- उहाँको ६२औँ प्राकट्य उत्सव २०८२/०९/१७ मा श्री नवतनधाममा मनाइयो।
- २०८३ वैशाख ४ मा प्रथम आवासीय धार्मिक प्रशिक्षणका सहभागीलाई उहाँकै करकमलबाट प्रमाणपत्र वितरण।
अन्य आचार्य तथा महाराजहरू
- आचार्यश्री सूर्यनारायणदासजी महाराज – जगद्गुरुसँगै नेपाल भ्रमण; शान्तिनगर (रौतहट) पाठपारायणमा प्रविधिमार्फत आशीर्वचन।
- श्री १०८ अमृतराजजी महाराज – श्री नवतनधामका गादीपति; नवतनधामको संरक्षकत्व।
- महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराज – श्री नवतनधामका महन्त; एक महिने श्रीमद्बीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन, बीतक चर्चाकारलाई निर्देशन, धार्मिक प्रशिक्षण।
- श्री १०८ सुरेन्द्रजी महाराज र श्री १०८ राजेन्द्रदासजी महाराज – विभिन्न कार्यक्रममा उपस्थिति।
संस्थापक
संस्थापक अध्यक्ष ब्रह्मलीन परमहंस श्री १०८ युगलदासजी महाराज तथा ब्रह्मलीन परमहंस श्री १०८ मंगलदासजी महाराज संस्थाका प्रेरणास्रोत हुनुहुन्छ।
मार्गदर्शक निकाय
धर्मसभा, संरक्षक परिषद् (सचिवालयसहित) र सल्लाहकार समितिका निर्णय र निर्देशन तथा श्री १०८ महाराजहरूका आज्ञालाई संस्थाले आफ्नो मार्गचित्र मानेको छ।
स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
