कोशी प्रदेश
कोशी प्रदेश
कोशी प्रदेश समन्वय समितिका संयोजक अनिल ढुंगाना हुनुहुन्छ। प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लामा प्रणामी सञ्जाल रहेको छ। यहाँ सेवा समितिका शाखा इकाई १६ वटा तथा सदस्य संस्था इकाई ५९ समेत गरी ७४ इकाई रहेका छन्। संस्थागत तर्फ श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापा र श्रीकृष्ण प्रणामी प्रतिष्ठान इटहरी सहित मुक्तिधाम यसै प्रदेशमा पर्दछन्।
प्रमुख गतिविधि (आ.व. २०८२/०८३)
- प्रदेशका ५९ मन्दिरमा हुने धार्मिक तथा सामाजिक कार्यक्रमको समन्वय र सहयोग।
- जगद्गुरु आचार्य महाराजश्रीको पूर्वाञ्चल भ्रमण सफल बनाउन सबै भातृ संस्था परिचालन।
- २ वटा सत्संग भवनको शिलान्यास।
- १३ वटा मन्दिरलाई प्रदेश तथा स्थानीय तहको बजेट विनियोजन गराउन समन्वय।
- १६ ठाउँमा जागनी शिविर; ३७ जना सुन्दरसाथको जागनी।
- जनचेतनामूलक र्याली, स्वास्थ्य शिविर तथा बालबालिका प्रार्थना मण्डली सञ्चालन।
जिल्लागत झलक
- झापा: सत्संग सेवा परिषद झापाले जिल्ला समितिको काम गर्दछ; सेवा समितिका ३, प्रतिष्ठानका ३ र सत्संग सेवा परिषदका २९ शाखा छन्। अक्षय कोष निर्माणका लागि उपसमिति गठन; दमक, पाटागाढा, बैगुनधुरा, झिलझिले, दयालघाम, तेलपानी, बाहुनडाँगी लगायतमा निर्माण कार्य; श्री सद्गुरु देवचन्द्र सदन, बिर्तामोडको निर्माण लगभग सम्पन्न।
- इलाम: फिक्कल, मेहेलबोटे र जितपुरमा ३ मन्दिर तथा सिरिसे, मलिन र आरुबोटेमा ३ सत्संग समिति। परमपूज्य आचार्यश्री लगायत सन्त गुरुजनको जन्मस्थल।
- ताप्लेजुङ: सिरिजङ्घा गा.पा.को आम्बेगुदिनमा एकमात्र मन्दिर, वि.सं. २०३८ देखि सञ्चालनमा।
- तेह्रथुम: २ मन्दिर; वि.सं. १८०० मा स्थापित फुगुवा मन्दिर (आठराई इवा) सबैभन्दा पुरानो, नयाँ भवन निर्माण सम्पन्न। पञ्चमीडाँडा नागदहमा अर्को मन्दिर।
- मोरङ: ४ मन्दिर, ३ सत्संग समिति, २ प्रतिष्ठान र १ साहित्य परिषद। जिल्ला समितिको १५औँ साधारणसभा २०८३ भाद्र १९ मा सम्पन्न। सलकपुर (सुन्दरहरैंचा–९) मन्दिरको स्वर्ण महोत्सव २०८३ वैशाख १–७ मा सम्पन्न, निजानन्द गुरुकुलमको शाखा उद्घाटन; मंगल स्मृति प्रतिष्ठान र कृष्णमाया तिम्सिना स्मृति प्रतिष्ठान पनि सक्रिय।
- सुनसरी: इटहरीको मुक्तिधाम सहित ४ मन्दिर (धरानमा ३); श्री मंगल राधिका सदानन्द प्रणामी अस्पताल निर्माण।
- धनकुटा: बीच बजारमा प्रतिष्ठानको शाखाको रूपमा एक मन्दिर।
- संखुवासभा: मादीमा एक मन्दिर र खाँदबारीमा एक सत्संग भवन।
- उदयपुर: कटारी बलियामा प्रतिष्ठानको शाखा मन्दिर र आधारभूत प्राथमिक विद्यालय।
- ओखलढुङ्गा: रगनी साल्पु, कुवापानी दहालटार र कटुन्जेमा ३ मन्दिर।
- सोलुखुम्बु: नेचा सल्यानमा श्रीकृष्ण प्रणामी धाम मन्दिर।
स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
