Thursday, November 5, 2026

केन्द्रीय विभागहरू

केन्द्रीय विभागहरू

योगध्यान चितवनी व्यवस्थापन विभाग (संयोजक: मातृका प्याकुरेल)

  • २०८२ जेठ १४–१६ त्रिदिवसीय “निजानन्द योग जागरण साधना”, २०० जना सहभागी।
  • निजानन्द योगध्यान पद्धतिको प्रथम चरणको पाठ्यक्रम तयार; आलापोटमा २५ र नवतनधाममा ३५ जनालाई २४ घण्टे प्रारम्भिक प्रशिक्षक प्रशिक्षण।
  • करिब २ लाख बराबरको योग सामग्री खरिद; २५ भन्दा बढी मन्दिर/सत्संग भवनमा नियमित योग।

धार्मिक अनुसन्धान तथा साहित्य प्रकाशन विभाग (संयोजक: कृष्णप्रसाद खतिवडा)

अध्ययन–अनुसन्धान, प्रकाशन र निजानन्द केन्द्रीय पुस्तकालय सञ्चालन यसको जिम्मेवारी हो। पुस्तकालय व्यवस्थापनको प्रथम चरण सकिएको र सेवापूजा तथा नित्यपाठ प्रकाशन सुरु भएको छ।

संगठन तथा प्रशासन विभाग (संयोजक: नन्दकिशोर शर्मा)

  • विभिन्न कार्यविधि, निर्देशिका र मार्गनिर्देशन (गुनासो सुनुवाइ कार्यविधि–२०८२, ठूला धार्मिक महोत्सव मार्गनिर्देशन–२०८२ आदि) को मस्यौदा; पारित भइसकेका।
  • १७ स्थानमा संगठन सुदृढीकरण तथा आर्थिक व्यवस्थापन तालिम (प्रदेशस्तरीय ४, जिल्लास्तरीय ८ लगायत)।
  • प्रथम आवासीय धार्मिक प्रशिक्षण र एसईई विद्यार्थी शिविरमा सहयोग।

सम्पत्ति संरक्षण विभाग (संयोजक: नवराज कोइराला)

देशभरका संस्था र सम्पत्तिको लगत संकलन; जग्गाधनी पुर्जा अद्यावधिक, बरबुझारथ अनिवार्य र सम्पत्ति अभिलेखको सुझाव।

केन्द्रीय कोष प्रवर्धन विभाग (संयोजक: विष्णुप्रसाद चौलागाईं)

नगरपालिकासँग समन्वय गरी नवतनधाममा बत्ती जडानका लागि रु. ११ लाख; गुरुकुलम्, बाटो र राधाकृष्ण मूर्तिका लागि बजेट समन्वय। विभागीय कार्यविधि केन्द्रमा पेस।

सूचना सञ्चार तथा प्रचारप्रसार विभाग – प्रणामी सञ्चार (संयोजक: भोलानाथ दाहाल)

समाचार, फोटो–भिडियो कभरेज र डिजिटल अभिलेखीकरण। प्रस्तावित वार्षिक बजेट: खर्च रु. ९,००,०००, आम्दानी रु. ७,००,०००।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार विभाग (संयोजक: टिकादत्त बराल)

अष्ट्रेलिया, अमेरिका, क्यानडा, युएई, बेलायत, साउदी अरबलगायतबाट सदस्य मनोनयन; कुवेत, इजरायल, कतार, बहराइनका सत्संगसँग सम्पर्क।

गुनासो सम्बोधन उपसमिति (संयोजक: गोपालकृष्ण सञ्जेल)

२०८२ फागुन ३० मा गठित, ४ सदस्यसहित; गुनासो सङ्कलनको सूचना प्रकाशित।

कल्पना–छवि पुरस्कार व्यवस्थापन तथा मूल्याङ्कन समिति (संयोजक: होमनाथ बराल)

निजानन्द पुरस्कार र महामति छात्रवृत्तिको मूल्याङ्कन; २०८३ का लागि ३ ग्रन्थ अध्ययनमा।

स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३