Thursday, November 5, 2026

श्री नवतनधाम

श्री नवतनधाम (केन्द्रीय धाम)

श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधाम नेपालमा प्रणामी समाजको केन्द्रीय धाम हो। सेवा समितिद्वारा गठित व्यवस्थापन समितिले केन्द्रीय समितिको प्रत्यक्ष निर्देशनमा यसको सञ्चालन गर्छ। गादीपति श्री १०८ अमृतराजजी महाराज र महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराजको संरक्षकत्व रहेको छ। यस वर्ष व्यवस्थापन समितिका १३ बैठक बसे।

वार्षिक महोत्सव तथा पर्व

  • प्रत्येक वर्ष चैत्र १० देखि १६ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायणसहित वार्षिक महोत्सव; २०८२ मा ३२औँ वार्षिक उत्सव।
  • श्रीकृष्ण प्राकट्य महोत्सवमा बिहान ३:३० देखि बेलुका ८ बजेसम्म दर्शन; करिब ३ लाख भक्तजन उपस्थित भएको अनुमान।
  • २०८३ श्रावण–भाद्रमा एक महिने श्रीमद्बीतक चर्चा तथा श्रीकृष्ण कथा।
  • २०८३ असार ७ मा अन्तर्राष्ट्रिय योग दिवस; सभाहलमा नियमित योगध्यान।
  • ७० वर्ष नाघेका २५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान।

गुरुकुलम्, छात्रावास र प्रशिक्षण

  • २०८२ कार्तिक १२ देखि ६ महिने प्रथम आवासीय धार्मिक प्रशिक्षण शिविर; १६ जनाले सफलतापूर्वक पूरा गरे।
  • २०८३ वैशाख ५ देखि एसईई दिएका विद्यार्थीका लागि एक महिने निःशुल्क आवासीय आध्यात्मिक शिविर।
  • निजानन्द गुरुकुलम्का विद्यार्थीलाई विभिन्न दाताबाट छात्रवृत्ति।
  • छात्रावासको तेस्रो तलाका लागि रु. ९,००,०००; पूरक बजेटबाट बाटो, रेलिङ आदि वापत रु. २७ लाख।

पूर्वाधार

  • प्रवेशद्वारदेखि छात्रावाससम्म १४० मिटर बाटो ढलानका लागि रु. २५,००,०००।
  • परिसरको ८ आना जग्गा खरिदका लागि भूमिदान सेवाबाट रु. १८,००,००० प्राप्त (क्रम जारी)।
  • खुत्रुके सेवाबाट आ.व. २०८२/८३ मा रु. २६ लाख ८४ हजार संकलन।
  • भावी योजना: ५० फुट अग्लो राधाकृष्ण मूर्ति, संग्रहालय र बाइजुराज हल।

अन्तर्गतका इकाई

  • श्रीकृष्ण प्रणामी मन्दिर डिल्लीबजार (श्री युगल स्मृति भवन)
  • निजानन्द वृद्धाश्रम, पुल्चोक
  • प्राणनाथ सेवा आश्रम, कोटेश्वर
  • सत्संग समिति, गोंगबु टोखा

स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३