Thursday, November 5, 2026

कोष, पुरस्कार तथा छात्रवृत्ति

कोष, पुरस्कार तथा छात्रवृत्ति

अक्षयकोष

इकाई मन्दिरहरूले स्थापना गरेका अक्षयकोषको कुल रकम गत वर्ष रु. ९ करोड ८५ लाख ६० हजार रहेकोमा आ.व. २०८२/८३ मा रु. १ करोड ७ लाख ५४ हजार थपिई रु. १० करोड ९३ लाख १५ हजार पुगेको छ। यो रकम सहकारीमा नराख्न सबै इकाईलाई अनुरोध गरिएको छ।

केन्द्रीय कोष

दीर्घकालीन आर्थिक स्रोत जुटाउन स्थापित केन्द्रीय कोषमा हाल रु. ३३ लाख ९१ हजार ५९० मौज्दात छ। यसबाहेक जितपुर (इलाम) जग्गा खरिदको सापटी भुक्तानीका लागि रु. १० लाख अनुदान दिइएको छ।

श्री युगल प्रशिक्षण कोष

प्रणामी युवालाई धार्मिक प्रशिक्षण दिन श्री नन्दकिशोर शर्माबाट धार्मिक प्रशिक्षण अक्षयकोषका लागि सुरुवाती रु. ५,००,००० प्रदान। यसअन्तर्गत ६ महिने आवासीय धार्मिक प्रशिक्षण र एसईई विद्यार्थी शिविर सञ्चालन भए।

नीता शर्मा छात्रवृत्ति कोष

केन्द्रीय कोषअन्तर्गत, मूल मन्दिर इमाडोलको व्यवस्थापनमा सञ्चालित। महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयबाट २०८२ को एसईईमा उत्कृष्ट एक छात्रा र एक छात्रलाई जनही रु. १२ हजार र प्रशंसापत्र।

श्री घनश्याम शर्मा समाज सेवा कोष

परमधामवासी श्री घनश्याम शर्माको स्मृतिमा स्थापित। सुदूरपश्चिम र कर्णालीका विपन्न बालबालिका र असहाय ज्येष्ठ नागरिकलाई युवा परिषद्मार्फत रु. ५१,००० बराबरको न्यानो कपडा वितरण।

कल्पना–छवि निजानन्द पुरस्कार र महामति छात्रवृत्ति

प्रा.डा. छविलाल गजुरेल र कल्पना गजुरेलद्वारा स्थापित। सातौँ पटक (२०८२) निजानन्द पुरस्कार – नगद रु. ५० हजार, प्रमाणपत्र र विभूषण – “श्री निजानन्द प्रश्नोत्तरी” ग्रन्थका संकलक/सर्जक श्री शारदा अधिकारी मैनालीलाई। महामति छात्रवृत्ति रु. ३० हजार सर्लाहीको श्री डिम जनता मावि, कक्षा १० का छात्रलाई प्रदान।

युवा परिषद्का कोषहरू

  • युवा विकास अक्षयकोष – ब्याजबाट तल्ला समितिलाई सहयोग।
  • कमलकृष्ण–मणिकुमारी स्मृति (२०६६), रामु–लीला स्मृति (२०६९), कृष्णमणि–दीपा प्याकुरेल राष्ट्रिय भक्ति संगीत पुरस्कार (२०६९), देवीभक्त–चुत्रीमाया छात्रवृत्ति कोष (२०७५), प्रेम–तिला स्मृति महिला सम्मान (२०७८)।

स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३