बागमती प्रदेश
बागमती प्रदेश
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल बागमती प्रदेश समन्वय समितिको गठन २०८१ पौष २८ गते भएको हो र यसको पहिलो बैठक २०८१/१२/२ मा बसेको थियो। समितिका संयोजक रेवतीप्रसाद सापकोटा हुनुहुन्छ। प्रदेशभित्र १३ जिल्ला र लगभग ८१ इकाई (सत्संग इकाई/मन्दिर/धाम) रहेका छन्।
प्रदेश समन्वय समितिका गतिविधि
- प्रदेशको प्रथम समन्वय सभा २०८२ आश्विन ४ गते सिन्धुलीको ढुङरेबास श्रीकृष्ण प्रणामी मन्दिरमा केन्द्रीय उपाध्यक्ष श्री गोपालकृष्ण संजेलको प्रमुख आतिथ्यमा सम्पन्न; रामेछाप र सिन्धुलीका पुजारीहरूको सम्मान।
- अनलाइन बैठक ४ र अनौपचारिक बैठक ८ पटक।
- बुढौलीको १०८ पारायणमा रु. ११,००० तथा कीर्तिपुर, सितापाइला र भूमेथलीका बीतक कार्यक्रममा सहयोग।
- ढुंखर्क (काभ्रे) को १०८ जागनी महोत्सवमा संयोजकले मूल समारोह समितिको उपसंयोजकको जिम्मेवारी निर्वाह।
- २०८३ भाद्र १४ गते प्रणामी समाजमा सद्भाव र एकताका लागि वृहत् छलफल गरी ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरी केन्द्रीय समितिमा बुझाइएको।
जिल्लागत प्रमुख गतिविधि
काठमाडौं
- जिल्ला सहित १२ समिति (मन्दिर १२, सत्संग समिति ५); श्री निजानन्द गुरुकुलम् यसै जिल्लामा।
- २०८२ भदौ २१ गते गोंगबुमा २२औँ साधारणसभा तथा प्रशिक्षण।
- दहचोक मन्दिरको ३१औँ वार्षिक उत्सव; अक्षयकोषमा रु. ४३,४६,१९३ संकलन।
- ढुङ्गाअड्डा सत्संग भवन मर्मतका लागि चन्द्रागिरि नगरपालिकाबाट ७ लाख विनियोजन; मासिक र बाल सत्संग नियमित।
- भूमेथली सत्संग भवनको तेस्रो तलासम्म पक्की निर्माण सम्पन्न।
ललितपुर
- ५ मन्दिर र ३ सत्संग समिति; मूल मन्दिर इमाडोल यसै जिल्लामा।
- मंसिर २१–२७ सप्तदिवसीय श्रीमत्तारतमसागर पाठपारायण तथा विराट–चर्चनी प्रशिक्षण (३० जना सहभागी)।
- सुनाकोठी मन्दिरमा ललितपुर महानगरपालिकाबाट रु. २० लाख र बागमती प्रदेशबाट रु. १३,५०,००० बजेट।
- इमाडोल मन्दिरको ५४औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर; जिल्लाभर २८ जना जागनी।
भक्तपुर
- १० इकाई समिति; लगभग ३५० परिवार, १५०० भन्दा बढी सुन्दरसाथ।
- कटुञ्जे मन्दिरमा पारायण सप्ताह ज्ञान महोत्सव र नगरपालिकाको रु. १० लाखबाट सौन्दर्यीकरण।
- भुवनेश्वरी मा.वि.का १७० विपन्न विद्यार्थीलाई पोशाक वितरण; रक्तदान र लेखा तालिम।
- छालिङ सत्संग समितिलाई ५ रोपनी जग्गा उपलब्ध गराउने वडाको निर्णय।
काभ्रेपलाञ्चोक
- ९ मन्दिर र ८ सत्संग समिति।
- ढुंखर्क मन्दिरको समुद्घाटन, कलश अनावरण तथा १०८ पाठपारायण (२०८२ चैत्र २७ – २०८३ वैशाख ३); १६० जना जागनी।
- होक्से मन्दिरको अतिथि सेवा सदनका लागि मन्दिर कोषबाट १६ लाख।
- सिपाघाट सत्संग भवनको पहिलो तला निर्माण सम्पन्न; संस्थागत सुदृढीकरण तालिम।
नुवाकोट
- ४ मन्दिर र १ सत्संग समिति; इनारपाटी र खनियाँचौर मन्दिर स्तरोन्नति।
- भोटेकोशी बाढीपीडित जेष्ठ नागरिकका लागि होल्डिङ सेन्टर र राहत–उद्धार; ७ जना जागनी।
धादिङ
- थाक्रे–७ सातकिला मन्दिरको अक्षयकोष १३ लाख पुगेको; बीतक चर्चा र बाइजुराज समिति गठन।
सिन्धुपाल्चोक
- शेरा जलबिरे र बिञ्जेलबेसीमा २ सत्संग समिति; शेरा जलबिरेले सत्संग भवन बनाएको।
सिन्धुली
- ३ मन्दिर र २ सत्संग समिति; पुरानो कालीमाटी मन्दिर यसै जिल्लामा।
रामेछाप
- २ मन्दिर र २ सत्संग समिति; वि.सं. १९७१ मा स्थापित धुसाल मन्दिरको नयाँ निर्माण सुरु।
दोलखा
- चरिकोटमा १ सत्संग समिति; चितामथलीमा सामुदायिक भवन (मन्दिर) निर्माणाधीन, सप्तदिवसीय बीतक चर्चा।
मकवानपुर
- ७ मन्दिर समिति; राजपानी, हेटौंडामा निजानन्द धाम पार्क निर्माणाधीन।
- तेस्रो तलाको ढलान रु. ५२ लाखमा सम्पन्न; संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु. २०,४२,२९८ र रु. ७,३४,९०० सहयोग।
- दुई दिवसीय नेतृत्व विकास शिविर।
चितवन
- श्री धर्मधाम सहित ३ मन्दिर र २ सत्संग समिति।
- ५८औँ केन्द्रीय साधारणसभा तथा १०८ पाठपारायण श्यामनगर बुढौलीमा सम्पन्न।
- टिकौलीमा संगठन सुदृढीकरण, लेखा र नेतृत्व विकास कार्यशाला; धर्मधाममा १६९ जनाबाट रक्तदान।
- भरतपुर सत्संग समितिलाई धर्मशालाका लागि महानगरपालिकाबाट रु. ८ लाख स्वीकृत।
स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
