Thursday, November 5, 2026

मधेश प्रदेश

मधेश प्रदेश

मधेश प्रदेश समन्वय समितिका संयोजक राम औतार महतो हुनुहुन्छ। प्रदेशका ८ जिल्लामा ५ वटा जिल्ला समिति छन्: सिराहा–सप्तरी, धनुषा–महोत्तरी, सर्लाही, रौतहट र बारा–पर्सा। प्रदेशमा ३१ वटा मन्दिर, ६ वटा सत्संग, १ अतिथि सदन र संस्थागत १ मन्दिर कार्यरत छन्।

प्रमुख गतिविधि

  • बारा–पर्सा अन्तर्गत निजगढ सडकटोलमा १०८ श्रीमत्तारतमसागर पाठपारायण भव्यताका साथ सम्पन्न।
  • रौतहटको शान्तिनगरमा १०८ श्रीमत्तारतमसागर पाठपारायण सम्पन्न।
  • सबै मन्दिरमा सेवापूजा, मेलापर्व, बीतक चर्चा तथा जन्मोत्सव।
  • सिमरा मन्दिरमा १२५ र नजरपुर मन्दिरमा १०८ श्रीमत्तारतमसागर पाठपारायणको योजना।
  • “घर घर जागनी, जन जन जागनी” अभियान अन्तर्गत नयाँ सुन्दरसाथको जागनी।

जिल्लागत झलक

  • सिराहा–सप्तरी: परिहारपुर, लहान–२४ गोविन्दपुर (वि.सं. २०२५ मा स्थापना), पिडरवनी, गडिया, पोर्ताहा, माधवपुर लगायत सिराहाका मन्दिर तथा सप्तरीको चकदह सुरुङ्गा (करिब २७७ वर्ष पुरानो, ४२ बिघा जग्गा), तरही डाक्नेश्वरी (वि.सं. १८०६ मा स्थापना) र रजैपट्टी सत्संग समिति। मन्दिरहरू भौतिक रूपमा कमजोर अवस्थामा रहेको उल्लेख छ।
  • धनुषा–महोत्तरी: करिब ४१५ घरधुरी र १६४० सुन्दरसाथ, ८ इकाई मन्दिर। कुसुम बिछौना, बटेश्वर, ढल्केबर, हथमुण्डा, रजौर (जनकपुर) तथा सदानन्द सेवा आश्रम अपनाघर (कमलाकिनार), जहाँ सडकबाट उठाइएका २१ भन्दा बढी अशक्त व्यक्ति आश्रित छन्।
  • सर्लाही: ८ मन्दिर, १ सत्संग समिति र १ प्रतिष्ठान शाखा; ५४७ घरधुरी र १९११ सुन्दरसाथ। राजघाट (वि.सं. २०५६), घुर्कौली (२०५४), शंकरपुर (२०६३), छटौल (२०७१) तथा लालबन्दी सत्संग समिति (२०७२)। १० मन्दिर परिक्रमा गर्ने पृथ्वी परिक्रमा कार्यक्रम, दशैँमा पशु हिंसा विरुद्ध जनचेतना र्‍याली, लायन्स क्लब अफ हेटौँडाको सहयोगमा ४० जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, चौथो साधारणसभा सासापुरमा सम्पन्न।
  • रौतहट: निजानन्दधाम (नजरपुर) सहित १० मन्दिर र १ अतिथि सदन; शान्तिनगर मन्दिरमा २०८२ मा १०८ पारायण सम्पन्न, निजानन्दधाममा यसै वर्ष हुने।
  • बारा–पर्सा: बारामा ५ मन्दिर र ३ सत्संग समिति। २०८१ चैत १८–२० मा कोल्हवी–८ मधुवनमा त्रिदिवसीय आध्यात्मिक शिविर; २०८२ माघ २१–२७ को पाठपारायणका लागि तारतम महामन्त्र जप; पिलुवा सत्संग भवनमा वैदिक गुरुकुल सञ्चालनको योजना।

स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३