Thursday, November 5, 2026

कर्णाली तथा सुदूरपश्चिम प्रदेश

कर्णाली तथा सुदूरपश्चिम प्रदेश

सुर्खेत, दैलेख, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर जिल्लालाई यस संयुक्त प्रदेशमा समेटिएको छ। प्रदेशमा ११ वटा मन्दिर, ९ सत्संग समिति, ४ जिल्ला समिति र कञ्चनपुरमा एक संस्थागत सदस्य प्रतिष्ठानको शाखा आश्रम सञ्चालनमा छ।

प्रमुख गतिविधि

  • सुर्खेतमा अक्षयकोषको ब्याज रु. १,५०,००० बुलबुले राधाकृष्ण मन्दिरको गजुर निर्माणका लागि प्रदान गरियो; नगरपालिकाको सहयोगमा ४ कोठे भवनको ढलान सम्पन्न भयो।
  • बुलबुले राधाकृष्ण प्रणामी मन्दिरको बालआश्रममा ५ जना छात्रा राखिएका छन्।
  • भुरीगाउँ मूल मन्दिरले लुम्बिनी प्रदेश सरकार, पर्यटन मन्त्रालयमार्फत चार लाख मूल्य बराबरको साउन्ड सिस्टम प्राप्त गर्‍यो।
  • भुरीगाउँ मन्दिरमा दानवीर महेश्वरी भण्डारीको समाधिस्थल भवन निर्माण सम्पन्न भयो र वार्षिक वीतक कथा एक महिनासम्म सञ्चालन भयो।
  • प्रशिया मन्दिरबाट २० थान फाइबर सिरक अति गरिब र ज्येष्ठ नागरिकलाई वितरण गरियो।
  • बेचैपुर मन्दिरले खरिद गरेको ३ कट्ठा ९ धुर जग्गा समितिको नाममा ल्याइयो।
  • २०८३ मंसिरमा भुरीगाउँ मूल मन्दिरमा साप्ताहिक ज्ञान महायज्ञ आयोजना गर्ने र जिल्लास्तरीय लेखा समिति गठन गर्ने लक्ष्य राखिएको छ।

जिल्लागत झलक

जिल्ला समिति मुख्य विवरण
सुर्खेत १ मन्दिर, २ सत्संग समिति र जिल्ला कार्य समिति। इकाईमा साधारणसभा, आयव्यय र बैंक खाता खोल्ने पहल।
बाँके बकौलीमा १ मन्दिर, २ सत्संग समिति, १ आश्रम र जिल्ला समिति। गाभारमा ज्येष्ठ नागरिक मञ्च आश्रम निर्माणाधीन; पाँचधाम शमशेरगञ्जमा सत्संग समिति सक्रिय।
बर्दिया ९ मन्दिर, २ सत्संग समिति र जिल्ला समिति; १० इकाईमा ५१५ प्रणामी घर र १,३२६ सुन्दरसाथ। करिब १३० वर्षअघि पुजारी बध्दीदास थारुबाट धर्मको जागरण भएको बताइन्छ। थारु समुदायमा प्रणामी धर्म प्रचार विशेष प्राथमिकतामा छ।
कैलाली–कञ्चनपुर कैलालीका ३ सत्संग समिति र कञ्चनपुरको कृष्णपुरस्थित आश्रमसहित ४ समिति मिलाई जिल्ला समिति गठन। कैलालीको मसुरियामा १ सत्संग भवन र कञ्चनपुरमा १ आश्रम भवन।

स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३