Thursday, November 5, 2026
समाचार

तेस्रो राष्ट्रिय पृथ्वी परिक्रमा भव्यताका साथ सम्पन्न

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा २०८२ कात्तिक १९ गते तेस्रो राष्ट्रिय पृथ्वी परिक्रमा भव्यताका साथ सम्पन्न भयो ।

केन्द्रीय धाम श्री नवतनधामबाट सुरु भएको परिक्रमा गुह्येश्वरी हुँदै पवित्र पाशुपत क्षेत्र श्री पशुपतिनाथ मन्दिर परिसर पुगेको थियो, जहाँ धार्मिक सभा आयोजना गरिएको थियो । त्यसपछि यात्रा पुनः श्री नवतनधाममा पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रममा सेवा समिति, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल तथा तीनै संस्थाका उपत्यका जिल्ला समितिहरू र सुन्दरसाथ तथा भक्तजनको व्यापक सहभागिता रहेको थियो ।

वि.सं. २०७८ देखि श्रीकृष्ण प्रणामी मन्दिर हरिसिद्धिबाट सुरु भएको पृथ्वी परिक्रमालाई राष्ट्रिय कार्यक्रम घोषणा गरिएको हो । देशका विभिन्न स्थानका मन्दिरहरूले पनि पृथ्वी परिक्रमा सञ्चालन गरेका थिए ।

मिति: २०८२ कात्तिक १९ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *