युवा परिषद्को कोशी प्रदेशस्तरीय प्रादेशिक भेला सलकपुरमा सम्पन्न
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको कोशी प्रदेशस्तरीय प्रादेशिक भेला (मोरङ, सुनसरी) २०८२ भदौ १४ गते सलकपुर, मोरङमा सम्पन्न भयो ।
युवा परिषद्का अनुसार परिषद्अन्तर्गत पाँच प्रदेश समिति, ४९ जिल्ला समिति, १० वैदेशिक सम्पर्क समिति र २०० भन्दा बढी प्रारम्भिक समितिहरू क्रियाशील छन् । अन्य प्रदेशमा पनि प्रादेशिक भेला आयोजना गर्ने योजना रहेको परिषद्ले जनाएको छ ।
मिति: २०८२ भदौ १४ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
