Thursday, November 5, 2026
समाचार

श्री कल्पना–छवि निजानन्द पुरस्कार र महामति छात्रवृत्ति प्रदान

श्री नवतनधामको वार्षिक उत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रममा २०८२ चैत १४ गते शनिबार सातौँ पटक श्री कल्पना–छवि निजानन्द पुरस्कार प्रदान गरियो ।

नगद रु. ५० हजार, प्रमाणपत्र र विभूषणसहितको पुरस्कार “श्री निजानन्द प्रश्नोत्तरी” ग्रन्थका संकलक/सर्जक श्री शारदा अधिकारी मैनालीलाई प्रदान गरिएको थियो । यसैगरी श्री कल्पना–छवि महामति छात्रवृत्तिअन्तर्गत नगद रु. ३० हजार सर्लाहीको लालबन्दीस्थित श्री डिम जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र श्री अर्पित थापालाई प्रदान गरियो ।

प्रा.डा. छविलाल गजुरेल तथा कल्पना गजुरेलले स्थापना गर्नुभएको यो पुरस्कार श्री १०८ अमृतराज महाराज, श्री १०८ पुरुषोत्तम महाराज, श्री १०८ राजेन्द्रदासजी महाराज, कोषदाताका प्रतिनिधि तथा केन्द्रीय अध्यक्ष श्री श्यामकृष्ण शर्माको उपस्थितिमा प्रदान गरिएको थियो । २०८३ सालका लागि तीन ग्रन्थ मूल्याङ्कनको क्रममा छन् ।

मिति: २०८२ चैत १४ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *