युवा परिषद्को सहआयोजनमा अहिंसा महोत्सव नेपाल–२०८२
नेपाल शाकाहारी संघको आयोजनामा २०८२ भदौ १२, १३ र १४ गते काठमाडौंमा सम्पन्न अहिंसा महोत्सव नेपाल–२०८२ मा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल सह–आयोजकको रूपमा सहभागी रह्यो ।
यसअघि नेपाल शाकाहारी संघ र युवा परिषद्को संयुक्त आयोजनामा २०८२ भदौ ७ गते शनिबार काठमाडौंमा खुला सडक दौड प्रतियोगिता पनि सम्पन्न भएको थियो ।
युवा परिषद्ले शाकाहार तथा वातावरण शाखामार्फत देशका विभिन्न मठ–मन्दिर तथा सार्वजनिक स्थलमा पशुबली निषेध सचेतना तथा शाकाहारी अभियान सञ्चालन गर्दै आएको छ ।
मिति: २०८२ भदौ ७ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
