समाचार

बागमती प्रदेश समन्वय समितिको प्रथम समन्वय सभा सिन्धुलीमा

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, बागमती प्रदेश समन्वय समितिको प्रथम समन्वय सभा सिन्धुली जिल्लाको ढुङ्रेबास स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा २०८२ असोज ४ गते सम्पन्न भयो ।

सभा सेवा समितिका केन्द्रीय उपाध्यक्ष श्री गोपालकृष्ण सञ्जेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा रामेछाप र सिन्धुली जिल्लाका मन्दिरहरूमा सेवारत पुजारीहरूलाई सम्मान समेत गरिएको थियो ।

बागमती प्रदेशभित्र १३ जिल्ला र लगभग ८१ इकाई (सत्संग इकाई, मन्दिर तथा धाम) रहेका छन् ।

मिति: २०८२ असोज ४ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ