इमाडोलमा राष्ट्रव्यापी फुटसल प्रतियोगिता
श्रीकृष्ण प्रणामी युवा परिषद्, इमाडोल प्रारम्भिक समिति, ललितपुरको आयोजनामा २०८२ असोज २१ र २२ गते राष्ट्रव्यापी फुटसल प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताका लागि युवा परिषद्को केन्द्रीय समितिको तर्फबाट रु. २५,००० सहयोग गरिएको थियो । परिषद्को खेलकुद शाखाको समन्वयमा फुटसल प्रतियोगितालगायत खेलकुद गतिविधिहरू सञ्चालन हुँदै आएका छन् ।
मिति: २०८२ असोज २१ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
