समाचार

श्री नवतनधाममा ६ महिने प्रथम आवासीय धार्मिक प्रशिक्षण शिविर

श्री नवतनधाम, काठमाडौंमा २०८२ कात्तिक १२ गतेदेखि ६ महिनाव्यापी प्रथम आवासीय धार्मिक प्रशिक्षण शिविर सञ्चालन भई सफलतापूर्वक सम्पन्न भयो । श्री युगल प्रशिक्षण कोषअन्तर्गत सञ्चालित यो कार्यक्रम २०८३ बैशाखमा सम्पन्न भएको थियो ।

प्रशिक्षण श्री नवतनधामका गादीपति श्री १०८ अमृतराज महाराज, महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराज, धर्म प्रचारक श्री भानु विरहिन, धर्म प्रचारक श्री कृष्ण विसंख्खे, श्री श्याम महर्जनलगायतबाट प्रदान गरिएको थियो ।

प्रणामी धर्ममा आबद्ध युवाहरूलाई धार्मिक प्रशिक्षणमा सहभागी गराउन श्री नन्दकिशोर शर्माले धार्मिक प्रशिक्षण अक्षयकोष स्थापनाका लागि सुरुवातस्वरूप रु. ५,००,००० प्रदान गर्नुभएको छ ।

मिति: २०८२ कात्तिक १२ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ