युवा परिषद्को ३५औं केन्द्रीय वार्षिक साधारणसभा इमाडोलमा सम्पन्न
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको ३५औं केन्द्रीय वार्षिक साधारणसभा २०८२ कात्तिक १५ गते श्रीकृष्ण प्रणामी मूल मन्दिर, इमाडोल, ललितपुरमा सम्पन्न भयो ।
२०८२ साउन १ देखि २०८३ असार मसान्तसम्म परिषद्को केन्द्रीय समितिका ४ वटा पूर्ण बैठक र १३ वटा सचिवालय बैठक सम्पन्न भएका छन् । परिषद्अन्तर्गत १० वटा केन्द्रीय विभाग र ४ शाखा क्रियाशील छन् ।
परिषद्को केन्द्रीय सचिवालय श्रीकृष्ण प्रणामी मन्दिर, श्रीप्राणनाथ आश्रम कोटेश्वरको भवनमा व्यवस्थित गरी २०८२ साउनदेखि सञ्चालनमा ल्याइएको छ ।
मिति: २०८२ कात्तिक १५ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
