समाचार

जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको पाँचदिने नेपाल भ्रमण

श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराज एवम् आचार्यश्री सूर्यनारायण दासजी महाराजको २०८२ मंसिर २ देखि ६ गतेसम्मको पाँचदिने नेपाल भ्रमण भव्यता एवम् फलदायी रूपमा सम्पन्न भयो ।

श्रीकृष्ण प्रणामी मन्दिर, श्यामनगर बुढौली, चितवनको नवनिर्मित मन्दिर भवनको समुद्घाटन, सेवा पूजा पधरावनी तथा कलश अनावरणको उपलक्ष्यमा आयोजित १०८ श्रीमत्तारतमसागर पाठपारायणको निमन्त्रणा स्वीकार गर्दै महाराजश्री नेपाल पाल्नुभएको थियो ।

भ्रमणका क्रममा महाराजश्री धर्मधाम जिरौना र श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा दर्शनभेट कार्यक्रममा सहभागी हुनुभयो तथा श्रीकृष्ण प्रणामी मन्दिर, पोखराको कलश अनावरण गर्नुभयो । भ्रमणमा सेवा समितिका केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

मिति: २०८२ मंसिर २ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ