श्री नवतनधामसहित विभिन्न स्थानमा अन्तर्राष्ट्रिय योग दिवस
श्री नवतनधामलगायत विभिन्न स्थानमा २०८३ असार ७ गते अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइयो ।
श्री नवतनधाममा गादीपति बाबाजी श्री १०८ अमृतराजजी महाराज र महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजको सान्निध्यमा तीनै संस्थाका केन्द्रीय अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । योग शिविरमा धेरै भक्तजन सहभागी थिए । नेपाल सरकार, शिक्षा मन्त्रालयको निमन्त्रणामा सेवा समितिको सहभागिता पनि रहेको थियो ।
योगध्यान तथा चितवनी व्यवस्थापन विभागका अनुसार नवतनधामसहित २५ भन्दा बढी मन्दिर तथा सत्संग भवनमा नियमित योग सञ्चालन भइरहेको छ र निजानन्द योगध्यान पद्धतिको प्रथम चरणको पाठ्यक्रम तयार पारिएको छ ।
मिति: २०८३ असार ७ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
