एसईई दिएका विद्यार्थीका लागि निःशुल्क आवासीय आध्यात्मिक शिविर
२०८२ सालको एसईई परीक्षा दिएका प्रणामी बालबालिकालाई संस्कार, साधना र आध्यात्मिक ऊर्जा प्रदान गर्ने उद्देश्यले श्री नवतनधाम, काठमाडौंमा २०८३ बैशाख ५ गतेदेखि एसईई विद्यार्थी लक्षित निःशुल्क आवासीय आध्यात्मिक शिविर सञ्चालन गरियो । शिविर बैशाख २६ गते सम्पन्न भएको थियो ।
युगल प्रशिक्षण कोषको आयोजनामा सञ्चालित शिविरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको सहकार्य रहेको थियो । शिविर निरन्तर रूपमा पूरा गर्ने प्रशिक्षार्थीलाई युगल प्रशिक्षण कोषको लोगो अंकित शल ओढाई सहभागिता प्रमाणपत्र प्रदान गरियो र उत्कृष्ट दुई (एक महिला, एक पुरुष) लाई विशेष पुरस्कार दिइयो ।
मिति: २०८३ बैशाख ५ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
