Thursday, November 5, 2026
समाचार

श्यामनगर बुढौली, चितवनमा नवनिर्मित मन्दिरको समुद्घाटन तथा कलश अनावरण

श्रीकृष्ण प्रणामी मन्दिर, श्यामनगर बुढौली, चितवनको नवनिर्मित मन्दिर भवनको समुद्घाटन, सेवा पूजा पधरावनी तथा कलश अनावरणको उपलक्ष्यमा २०८२ मंसिर ३ देखि ९ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायण भव्यतापूर्वक सम्पन्न भयो ।

कार्यक्रममा जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराज एवम् आचार्यश्री सूर्यनारायण दासजी महाराजको उपस्थिति रही आशीर्वचन प्रदान भएको थियो । सोही अवसरमा धर्मधाम जिरौनामा संरक्षक परिषद्को छैटौँ बैठक पनि सम्पन्न भयो ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले महोत्सवमा “युवा, अध्यात्म र सेवा” विषयक विचार गोष्ठी सञ्चालन गर्नुका साथै ४० थान स्वयंसेवक ज्याकेट सहयोग गरेको थियो । बागमती प्रदेश समन्वय समितिले पारायणमा रु. ११,००० सहयोग गरेको थियो ।

मिति: २०८२ मंसिर ३ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *