युवा परिषद्को सुदूरपश्चिम–कर्णाली परिभ्रमण, न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको केन्द्रीय टोलीले २०८२ मंसिर ८ गते काठमाडौंबाट सुरु गरेको परिभ्रमण रुपन्देही, बर्दिया, सुर्खेत, कालीकोट, जुम्ला र मुगु हुँदै रारासम्म पुगेर सम्पन्न भयो ।
परिभ्रमणका क्रममा न्यानो कपडा वितरण, शाकाहारी अभियान, मन्दिर परिभ्रमण तथा संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । मुख्य सहयोगमा:
- दैलेखको पञ्चकोशी वेद विद्याश्रममा अध्ययनरत ६५ विद्यार्थीलाई न्यानो कपडा
- कालीकोटको शंकर मा.वि.का २०३ विद्यार्थीलाई विद्यालय पोशाक, स्टेसनरी र अन्य सामग्री
- बुटवलस्थित नेपाल अपाङ्ग आश्रमका ४५ जनालाई न्यानो कपडा
- बर्दियाको बेचैनपुर मन्दिर तथा बर्दिया जिल्ला समितिको रक्तसञ्चार कोषका लागि आर्थिक सहयोग
रारा तालमा योग, ध्यान, रास रामत र शाकाहारी अभियान पनि सञ्चालन गरिएको थियो । कार्यमा बाइजुराज महिला समितिको सहकार्य रहेको थियो ।
मिति: २०८२ मंसिर ८ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
