Thursday, November 5, 2026
समाचार

श्री नवतनधाममा युवा परिषद्को केन्द्रीय सम्पर्क कार्यालय स्थापना

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले २०८२ माघ १८ गते परिषद्को वार्षिकोत्सवको अवसरमा श्री नवतनधाम, काठमाडौंमा केन्द्रीय सम्पर्क कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

परिषद्को ३६औं स्थापना दिवस तथा ३५औं वार्षिक उत्सवको अवसरमा पाँचदिने कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा श्रीमुखवाणी पाठ–वाचन अनलाइन प्रशिक्षणको सुरुवात, बाल सत्संग भएका मन्दिरहरूमा स्टेसनरी वितरण, रक्तदान, उपत्यकास्तरीय बाल संगीत प्रशिक्षणको सुरुवात, शाकाहारी अभियान, सरसफाइ तथा श्री नवतनधाममा भजनसन्ध्या कार्यक्रम रहेका थिए ।

मिति: २०८२ माघ १८ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *