निजगढ, बारामा १०८ पाठपारायण एवम् कलश अनावरण महोत्सव
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी मन्दिर निजगढ, बारा इकाईको आयोजनामा २०८२ माघ २१ देखि २७ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव सम्पन्न भयो ।
कार्यक्रममा धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको उपस्थिति रहेको थियो र महाराजश्रीबाट आशीर्वचन प्रदान भएको थियो । सोही क्रममा महाराजश्रीले श्रीकृष्ण प्रणामी मन्दिर, वीरगन्जको अवलोकन दर्शन समेत गर्नुभएको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले महोत्सवमा “युवा, अध्यात्म र सेवा” विषयक विचार गोष्ठी सञ्चालन गर्नुका साथै मोटरसाइकल र्यालीका लागि ३०० थान झण्डा र ३० थान स्वयंसेवक ज्याकेट सहयोग गरेको थियो ।
मिति: २०८२ माघ २१ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
