ढुंखर्क, काभ्रेमा मन्दिर समुद्घाटन, कलश अनावरण तथा धर्म जागनी महोत्सव
श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्क, बेथानचोक–२, काभ्रेपलाञ्चोकमा २०८२ चैत २७ देखि २०८३ बैशाख ३ गतेसम्म श्रीमत्तारतमसागर १०८ पाठपारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ (श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०८२) सम्पन्न भयो ।
मन्दिरको २०औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सवमा जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको करकमलबाट मन्दिरको समुद्घाटन तथा कलश अनावरण गरियो र महाराजश्रीबाट आशीर्वचन प्रदान भयो । महोत्सवमा १६० जना सुन्दरसाथको जागनी भएको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले “सेवामा युवाहरूको भूमिका र दायित्व” विषयक विचार प्रवाह कार्यक्रम सञ्चालन गर्नुका साथै स्वयंसेवक ज्याकेट र अन्य सामग्री सहयोग गरेको थियो । मन्दिरको वार्षिकोत्सव अब हरेक वर्ष बैशाख ३ गते मनाइने छ ।
मिति: २०८२ चैत २७ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
