Thursday, November 5, 2026
समाचार

सलकपुर, मोरङमा स्वर्ण महोत्सव तथा निजानन्द गुरुकुलम समुद्घाटन

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल र श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति, सलकपुर, मोरङको आयोजनामा २०८३ बैशाख १ देखि ७ गतेसम्म राष्ट्रियस्तरीय १०८ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव संस्थाको स्वर्ण महोत्सवका रूपमा भव्यतापूर्वक सम्पन्न भयो ।

जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको उपस्थितिमा सो अवसरमा निजानन्द गुरुकुलम र धर्म स्तम्भको समुद्घाटन गरिएको थियो । श्री नवतनधाममा सञ्चालित निजानन्द गुरुकुलमको शाखाका रूपमा सलकपुरमा गुरुकुल सञ्चालन गर्न स्वीकृति प्राप्त भएको थियो ।

  • दाताहरूको सहयोगमा स्वर्ण धर्म स्तम्भ, प्रणाम स्तम्भ, प्रेम स्तम्भ र घण्टी स्तम्भ निर्माण
  • १००० प्रति स्मारिका र “अहिंसा (दर्शन)” १५०० प्रति प्रकाशन तथा वितरण
  • गुरुकुलका लागि ९१ जना सदस्यबाट रु. २०,११,००० संकलन

महोत्सवमा देश–विदेशका हजारौँ सुन्दरसाथ, गुरुजन तथा तीनै केन्द्रीय संस्थाका अध्यक्ष र पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

मिति: २०८३ बैशाख १ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *