Thursday, November 5, 2026
समाचार

६ महिने धार्मिक प्रशिक्षण पूरा गर्ने प्रशिक्षार्थीलाई जगद्गुरुबाट प्रमाणपत्र

६ महिने प्रथम आवासीय धार्मिक प्रशिक्षण (पहिलो तह) सफलतापूर्वक पूरा गर्ने १६ जना प्रशिक्षार्थीलाई २०८३ बैशाख ४ गते श्री नवतनधाममा आयोजित विशेष कार्यक्रममा जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजको करकमलबाट सहभागिता प्रमाणपत्र प्रदान गरियो ।

महाराजश्रीको नेपाल आगमनको अवसर पारेर आयोजित कार्यक्रममा प्रशिक्षार्थीहरूलाई युगल प्रशिक्षण कोषको विशेष लोगो अंकित शल ओढाइएको थियो । उत्कृष्ट दुई प्रशिक्षार्थी (एक महिला, एक पुरुष) लाई विशेष नगद पुरस्कार प्रदान गरियो ।

प्रशिक्षणका लागि संगठन तथा प्रशासन विभागले व्यवस्थापकीय सहयोग, प्रशिक्षण सामग्री तथा प्रशिक्षार्थीलाई दुई जोर कुर्ता–सुरुवालका लागि आर्थिक सहयोग गरेको थियो ।

मिति: २०८३ बैशाख ४ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *