Thursday, November 5, 2026
समाचार

श्रीमद्बीतक चर्चा एवम् श्रीकृष्ण कथा: देशभर १७० भन्दा बढी मन्दिरमा

२०८३ सालको श्रीमद्बीतक चर्चा एवम् श्रीकृष्ण कथा कार्यक्रम साउन १८ गतेबाट सुरु भई भदौ १८ गते सम्पन्न भयो । केन्द्रीय धाम श्री नवतनधाममा गादीपति श्री १०८ अमृतराजजी महाराजको सान्निध्यमा महन्त श्री १०८ पुरुषोत्तमजी महाराजबाट एक महिनाव्यापी अमृतगाथा श्रीमद्बीतक चर्चा एवम् श्रीकृष्ण कथा प्रवचन भएको थियो ।

बीतक प्रवचनलाई शिष्ट, परिष्कृत र मर्यादित बनाउने उद्देश्यले साउन १७ गते श्री नवतनधाममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका बीतक चर्चाकार गुरुजी तथा मन्दिर इकाईका पदाधिकारीहरूलाई महन्त स्वामीबाट आवश्यक निर्देशन प्रदान गरिएको थियो ।

देशका १७० भन्दा बढी मन्दिर तथा सत्संग समितिमा ७ दिन, १५ दिन र एक महिनाव्यापी बीतक चर्चा कार्यक्रम राखिएको थियो । सेवा समितिले कथाकार सन्त, गुरुजन तथा धर्मप्रचारकहरूको नामावली र समयतालिका प्रकाशन गरेको थियो ।

मिति: २०८३ साउन १८ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *