श्री नवतनधाममा श्रीकृष्ण प्राकट्य महोत्सव, करिब ३ लाख भक्तजन
श्री नवतनधामलगायत विभिन्न मन्दिरहरूमा श्रीकृष्ण प्राकट्य महोत्सव भव्य रूपमा सम्पन्न भयो । श्री नवतनधाममा भदौ १९ गते आयोजित महोत्सवमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर प्रमुख अतिथि रहनुभएको थियो ।
बिहान ३:३० बजेदेखि बेलुका ८ बजेसम्म भक्तजनहरू अटुट लाइनमा बसेर दर्शन गरेका थिए । महोत्सवमा करिब ३ लाख भक्तजनको उपस्थिति रहेको अनुमान गरिएको छ । श्री सदानन्द च्यारिटेबल ट्रस्टबाट प्रसाद वितरणको व्यवस्था गरिएको थियो ।
यसैगरी श्री राधा अष्टमी, सद्गुरु श्री देवचन्द्रजी प्राकट्य महोत्सव, श्री प्राणनाथजी प्राकट्य महोत्सव एवम् अन्य तिथि मेला पर्वहरू पनि सम्पन्न भएका छन् ।
मिति: २०८३ भदौ १९ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
