Thursday, November 5, 2026
समाचार

जितपुर सिमरामा १२५ पाठपारायण हुने; ‘बाबाजी लक्ष्मीधाम’ नामकरणका लागि सिफारिस

श्रीकृष्ण प्रणामी मन्दिर, जितपुर सिमरा, औराहाको प्रस्तावअनुसार सो मन्दिरमा २०८३ मंसिर ४ देखि १० गतेसम्म केन्द्रीय समितिको प्रत्यक्ष सहभागितामा अन्तर्राष्ट्रियस्तरीय १२५ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव आयोजना हुने भएको छ ।

२०८३ भदौ २८ गते बसेको केन्द्रीय सचिवालय समितिको बैठकले सो मन्दिरलाई “बाबाजी लक्ष्मीधाम” नामकरण गर्नका लागि सेवा समितिका प्रमुख संरक्षक अनन्तश्री विभूषित जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मिति: २०८३ भदौ २८ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *