Thursday, November 5, 2026
समाचारसाधारण सभा

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ५९औं वार्षिक साधारणसभा सिमरामा

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको ५९औं केन्द्रीय वार्षिक साधारणसभा श्रीकृष्ण प्रणामी मन्दिर, सिमरा, बारामा सम्पन्न भयो । सभामा केन्द्रीय अध्यक्ष श्री श्यामकृष्ण शर्माले अध्यक्षको मन्तव्य, महासचिव श्री भोला दाहालले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्री अशोककुमार थापाले आर्थिक प्रतिवेदन २०८२/०८३ प्रस्तुत गर्नुभयो ।

प्रतिवेदनअनुसार २०८२ असोजदेखि २०८३ असोजसम्म केन्द्रीय समितिका ५ पूर्ण बैठक र ६ सचिवालय बैठक सम्पन्न भए । केन्द्रीय कोषमा रु. ३३ लाख ९१ हजार ५९० मौज्दात रहेको र इकाई मन्दिरहरूको अक्षयकोष रु. १० करोड ९३ लाख १५ हजार पुगेको छ ।

आगामी वर्ष सेवा समितिको स्थापनाको ६० वर्ष पुग्ने सन्दर्भमा विविध कार्यक्रम सञ्चालन गर्ने भावी योजना पनि प्रस्तुत गरिएको छ । अध्यक्षले स्थान, आवास र भोजनको व्यवस्था गर्ने सिमरा औराहा इकाई तथा बारा–पर्सा संयुक्त जिल्ला समितिप्रति आभार व्यक्त गर्नुभयो ।

मिति: २०८३ असोज ४ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *