सिरहाको गोविन्दपुरमा सेवा समितिको नाममा जग्गा प्राप्त; विभिन्न ठाउँमा जग्गा दान
सिरहा नगरपालिका–२४, गोविन्दपुरमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको नाममा २०८३ भदौ २५ गते रजिष्ट्रेसन पारित भई जग्गाधनी पुर्जा प्राप्त भएको छ । यसमा सिरहा, बस्तीपुर वडा नं. १ स्थित १–१–३ बिगाहा जग्गासहित जग्गा प्राप्त भएको छ ।
यस कार्यमा सहयोग गर्ने केन्द्रीय सदस्य श्री जयराज भट्टराई, सिरहा–सप्तरी जिल्ला अध्यक्ष श्री जितेन्द्र यादव, श्रीकृष्ण प्रणामी मन्दिर गोविन्दपुरका अध्यक्ष र जग्गादाताहरूप्रति सेवा समितिले विशेष धन्यवाद व्यक्त गरेको छ ।
यस वर्ष अन्य स्थानमा पनि जग्गा दान प्राप्त भएको छ:
- ओखलढुंगा, सुनकोशी गाउँपालिका–१० कटुन्जेमा श्री हेमप्रसाद सुवेदीबाट सत्संग भवन निर्माणार्थ ०–१५–२–० रोपनी
- सिन्धुली, सुनकोशी–३ कालीमाटीमा श्री लक्ष्मी श्रेष्ठबाट श्रीकृष्ण प्रणामी मन्दिर कालीमाटीलाई ३–०–०–० रोपनी
मिति: २०८३ भदौ २५ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
