बिहीबार, नोभेम्बर 5, 2026
समाचार

श्री नवतनधामको ३२औं वार्षिक उत्सव सम्पन्न

केन्द्रीय धाम श्री नवतनधामको ३२औं वार्षिक उत्सवको उपलक्ष्यमा २०८२ चैत १० देखि १६ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायणसहित विशिष्ट धार्मिक अनुष्ठान भव्यताका साथ सम्पन्न भयो ।

उत्सव श्री नवतनधामका गादीपति बाबाजी श्री १०८ अमृतराज महाराज र महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजको आशीर्वचन एवम् प्रवचनसहित सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर र विविध सेवामूलक कार्यका साथ सम्पन्न गरिएको थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पाठपारायणमा “परिषद्को कार्य र सेवा” विषयमा मञ्चको कार्यक्रम सञ्चालन गरेको थियो । उत्सवकै अवसरमा कल्पना–छवि निजानन्द पुरस्कार र महामति छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

मिति: २०८२ चैत १० | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ