शान्तिनगर, रौतहटमा १०८ पाठपारायण एवम् कलश अनावरण महोत्सव
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, शान्तिनगर, रौतहट इकाईमा २०८२ फागुन ३ देखि ९ गतेसम्म १०८ श्रीमत्तारतमसागर पाठपारायण एवम् कलश अनावरण महोत्सव सम्पन्न भयो ।
कार्यक्रममा आचार्यश्री सूर्यनारायण दासजी महाराजको उपस्थिति रहेको थियो र उद्घाटन कार्यक्रममा महाराजश्रीबाट प्रविधिको माध्यमबाट आशीर्वचन प्रदान भएको थियो । सन्त गुरुजनहरूको समागम र देशभरिका सुन्दरसाथहरूको सहभागिताले कार्यक्रम सफल भएको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले “युवा, अध्यात्म र सेवा” विषयक कार्यक्रम सञ्चालन गर्नुका साथै २५ थान स्वयंसेवक ज्याकेट सहयोग गरेको थियो ।
मिति: २०८२ फागुन ३ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३
