समाचार

युवा परिषद्को सुदूरपश्चिम–कर्णाली परिभ्रमण, न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको केन्द्रीय टोलीले २०८२ मंसिर ८ गते काठमाडौंबाट सुरु गरेको परिभ्रमण रुपन्देही, बर्दिया, सुर्खेत, कालीकोट, जुम्ला र मुगु हुँदै रारासम्म पुगेर सम्पन्न भयो ।

परिभ्रमणका क्रममा न्यानो कपडा वितरण, शाकाहारी अभियान, मन्दिर परिभ्रमण तथा संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । मुख्य सहयोगमा:

  • दैलेखको पञ्चकोशी वेद विद्याश्रममा अध्ययनरत ६५ विद्यार्थीलाई न्यानो कपडा
  • कालीकोटको शंकर मा.वि.का २०३ विद्यार्थीलाई विद्यालय पोशाक, स्टेसनरी र अन्य सामग्री
  • बुटवलस्थित नेपाल अपाङ्ग आश्रमका ४५ जनालाई न्यानो कपडा
  • बर्दियाको बेचैनपुर मन्दिर तथा बर्दिया जिल्ला समितिको रक्तसञ्चार कोषका लागि आर्थिक सहयोग

रारा तालमा योग, ध्यान, रास रामत र शाकाहारी अभियान पनि सञ्चालन गरिएको थियो । कार्यमा बाइजुराज महिला समितिको सहकार्य रहेको थियो ।

मिति: २०८२ मंसिर ८ | स्रोत: ५९ औँ केन्द्रीय साधारण सभा वार्षिक प्रतिवेदन २०८२/०८३

सम्बन्धित सामग्री

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ